पदाधिकारी

कोमल प्रसाद धमला graphic

कोमल प्रसाद धमला

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

भानुभक्त बराल graphic

भानुभक्त बराल

प्रमुख जिल्ला ईन्जिनियर

पढ्नुहोस..

संक्षिप्त परिचय

पाँचथर नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तरगत मेची अञ्चलको मध्य पहाडी जिल्ला हो । यो जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि. मि. मा फैलिएको छ । विकट तर मनोरम धरातलीय बनोट, उच्च भू–भाग र यहाँ पाइने बहुमूल्य जडीबुटीहरू जस्तैः पोट्लिङ्गो, गुराँस, धुपी, चिराइतो जस्ता वनस्पति आदिले यस जिल्लाको पर्यटकीय आकर्षण पनि उत्तिकै उच्च रहेको छ । यो जिल्ला पल्लो किरातको नामले पनि प्रसिद्ध छ । प्राचीन समयको लिम्बुवान क्षेत्रका राजाहरूले संयुक्त रूपमा सभा गरी सामूहिक रूपले महत्वपुर्ण विषयहरू यहाँ स्थित आम्मे पोजोमा भन्ने तीर्थ स्थलमा जम्मा भई चुम्लुङ्ग (सभा) द्वारा निर्णय गर्ने परम्परा भएको देखिन्छ । यस जिल्लाको नामाकरण कसरी भयो भन्ने कुनै स्पष्ट कुनै आधार नदेखिएता पनि शोधकर्ताहरूका आधारमा पाँचथर “पान्थरथुम” शब्दबाट नामाकरण भएको भन्ने भनाई रहेको छ । पान्थरथुम शब्द पान्थरू र थुम मिलेर बनेको शब्द हो । पान्थरू को अर्थ कुराको सहमति मिलेको (Agreed), र थुमको अर्थ ईलाका वा किल्ला (District) हो । यसै अर्थका आधारमा, नेपाल एकीकरण पश्चात् यहाँका चली आएका धर्म/संस्कृति र रीतिरिवाजका वारेमा फेदेनमा चुम्लुङ्गबासी सभाले तयार गरेका निर्णय तत्कालीन नेपाल सरकारमा पेश हुँदा तत्कालीन राजाले त्यसलाई स्वीकृति दिए पछि लिम्बुवान क्षेत्रको रीतिरिवाज सम्बन्धी कुरा मिलेको (पान्थरू) हुँदा यस क्षेत्र कै नाम पान्थरू रहेको हो भन्ने मत पाइन्छ । त्यस्तै किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको वर्णन गर्ने क्रममा नै “पान्थर” शब्द प्रयोग भएको पाइन्छ । प्रशासनिक तथा राजनैतिक विभाजन अनुरूप पाँचथरलाई ३८ गा.वि.स., ११ वटा इलाका र २ वटा संसदीय निर्वाचन क्षेत्र र १ नगरपालिका रहेको यस जिल्लाको जनसंख्या १९१,८१७ छ । यो जिल्लामा लिम्वू, राई, मगर, गुरुङ, सुनुवार माझी, भुजेल र तामाङ, जस्ता जाती जनजातिको बसोबास तथा छुट्टाछुट्टै भाषा र संस्कृति छ । यो जिल्ला विभिन्न किसिमका धर्म र संस्कृति मान्ने जात जाती र भाषा भाषीको संगम स्थल पनि हो । पाँचथर जिल्लामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सम्पन्न पर्यटकीय स्थल पनि छन् । भौगोलिक बनावट, हावापानी, वन जङ्गल, नदी नाला र ताल, विभिन्न जनजातिहरूको रहनसहन, भेष भूषा आदिको विविधताले गर्दा यस जिल्लाले विशिष्ट महत्व बोकेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar