बहुक्षेत्रीय पोषण योजना सुभारम्भ तथा अागामी ५ (पाँच) बर्ष भित्रमा कुपोषणलार्इ अन्त्य गरी पूर्ण पोषणयुक्त याङवरक गाउँपालिका घोषणा गर्ने प्रतिबध्दता पत्रमा हस्ताक्षर भएको छ

युनिसेफ नेपालको अार्थिक सहयोग / संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सिंहदरबार काठमाडाैंव्दारा संयोजित तथा जिल्ला समन्वय समितिको कार्यालय पाँचथरव्दारा मिति २०७४/०४/२६ गते याङवरक गाउँपालिकामा अायोजना गरिएको संघीय प्रणालिमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन अभिमुखिकरण गोष्ठीमा नवनिर्वाचित जनप्रतिनिधिज्यूहरूको उपस्थितिमा बहुक्षेत्रीय पोषण योजना सुभारम्भ तथा अागामी ५ (पाँच) बर्ष भित्रमा कुपोषणलार्इ अन्त्य गरी पूर्ण पोषणयुक्त याङवरक गाउँपालिका घोषणा गर्ने प्रतिबध्दता पत्रमा हस्ताक्षर भएको छ ।यस महान अभियानलार्इ साकार पारी मूर्तरूप दिन अाम याङवरक गाउँपालिका बासिहरू एवं हामी जिल्ला स्थित सबै सरोकार पक्ष / निकायहरूको साथ, सहयोग र प्रयास निरन्तर रहने छ ।


Skip to toolbar