नवमिडाँडा गा.वि.स.

नवमीडाँडा गा.वि.स.को सामान्य परिचयः

पाँचथर जिल्लाका ३८ वटा गा.वि..हरु मध्ये नवमीडाँडा गा.वि.. एक दक्षिणी गा.वि.. हो ।यसको क्षेत्रफल १३४८६८४५ रहेको छ भने यो पाँचथर जिल्लाको सदरमुकाम फिदिम देखी ५ कोष टाढा रहेको छ ।यस गा.वि..को पूर्वमा फिदिम नगरपालिका र इम्वुङ् गा.वि.. पश्चिममा रानिगाँउ र आङ्साराङ् गा.वि.. उत्तरमा लुम्फावुङ् गा.वि..र दक्षिणमा फाक्तेप र चिलिङ्दिन गा.वि.स रहेका छन् । २०६८ सालको जनगणना अनुसार यस गा.वि..को जम्मा जनसङख्या ४१२८ रहेको छ जसमा पूरुष १८८५ र महिला २२४३ रहेको पाइन्छ । ८५८ घरधुरी रहेको यस गा.वि.स मा २ वटा माध्यमीक विधालय ७ वटा आधारभुत विधालय र एक निजी वोडीङ्ग स्कुल रहेका छन् । यस गा.वि.स मा लिम्वु, रार्इ, दलित, क्षेत्री, व्राहमण आदि जात जातिहरुको वसोवास रहेकोमा लिम्वु जातिको वाहुल्यता रहेको देखिन्छ । यस गा.वि..को परम्परागत खेति प्रणाली अन्तर्गत मकै, कोदो धान र दलहन वालिहरु मुख्य रुपमा रहेका छन् भने नगदे वालिहरुमा अदुवा अम्रीसो मुख्य रुपमा रहेका छन् । यस गा.वि..मा गा.वि.स कार्यालयको अतिरित्त स्वास्थ्य चौकी, अतिरित्त हुलाक कार्यालय, अस्थाई प्रहरी चौकी, पशुसेवा केन्द रहेका छन्  भने दर्जन भन्दा वढी विभिन्न गैर सहकारी संस्था, समुह र सहकारी हरु रहेका छन् ।

नवमीडाँडा गा.वि.स.को केन्द्रमा रहेको नवमिबजारः

Skip to toolbar