रबि गा.वि.स.

पाँचथर जिल्ला रबि गा.बि.स.को संक्षिप्त परिचय
पूर्वको मेची अञ्चलमा अवस्थित मध्य पहाडी भेगमा रहेको पाँचथर जिल्लाको १ नगरपालीका र ३८ वटा गा.वि.स.हरु मध्ये सदर मुकामदेखी दक्षिणमा रहेको गा.वि.स. रवि पनि एक हो । रविकर्ण राईले वजारको स्थापना गरेको हो भन्ने किम्बदन्ती छ । रविकर्ण राईले इन्द्रेणी वजार भनेर नामाकरण गरि अांैषि पुर्णीमाका दिन पाक्षिक वजार लगाउने गरेका थिए । वजारमा मान्छेहरुको आवत जावत वढाउन आफैले उखु ल्याएर बाँढ्ने खुवाउने गर्दै वजारको निरन्तरता दिएका थिए पछि उहाँको स्वर्ग पश्चात एउटा भेलाले रविकर्णले यो वजारको स्थापना गरेकोले उहाँ कै नामले यो वजारलाई चिनिनु पर्छ भनेर रवि वजार भनेर स्थापित भएको हो । पछि यस गा.वि.स.को नाम पनि रवि भएको हो भन्ने भनाई छ । रवि गा.वि.स. सदरमुकाम देखि ५६ कि.मि. टाढामा रहेको छ । रवि गा.वि.स.अर्थात रवि वजार रहेको स्थान समुन्द्र सतहदेखि १७८० मि. उचाईमा रहेको छ । रवि गा.वि.स.को सवैभन्दा अग्लो वडा नं. २ र ४ नं. वडाको सिमानामा पर्ने जरिवुटे डाँडा समुन्द्र सतह देखि २२०० मि . उचाईमा छ भने रवि गा.वि.स.को सवैभन्दा होचो वडा नं. ९ को कोक्लेवुङ १०५० मि. मात्र छ । रविको पूर्वमा ईलाम जिल्लाको फुएतप्पा पाँचथर ल्लिाको गा.बि.स.हरु पश्चिममा आरुवोटे, उत्तरमा सराङ डाँडा, दक्षिणमा कूरुम्वा पर्दछ । रविको क्षेत्रफल २०६०० वर्ग कि.मि. भित्र रहेको छ । रवि गा.वि.स. को घर धुरी संख्या १०१५ छ भने जम्मा जन संख्या ५५७५ जना रहेको छ । यस गा.वि.स.मा वसोवास गर्ने जात जातिहरु मध्ये जनजातिको वसोवास धेरै छ । जसमा राई जाति ९० प्रतिशत रहेको छ भने अन्य मगर, तामाङ, लिम्बु ,नेवार, सुनुवार, विश्वकर्म, नेपाली (दर्जी), भुजेल, गुरुङ समेतको वसोवासो रहेको छ ।
यहाँको हावापानी दृष्टिकोणले गा.वि.स. रहेको ठाउँ समशितोष्ण प्रदेशमा पर्दछ । हिउँद ऋतुमा रातको समयमा ०.० डि. से. सम्म तापक्रम झर्दछ । मुख्य खाद्यन्न वाली मकै , कोदो हो भने नगदे वाली ,तरकारी, तेलहन वालीहरुको रुपमा अन्य वालीहरु उत्पादन हुने गरेको छ । यस क्षेत्रको मुख्य आय श्रोतको रुपमा व्यापार, कृषि लगायत पशुपालन हो । यस क्षेत्रमा दुग्ध प्रशोधनका लागि १३ वटा डेरी र १ वटा चिज फ्याक्ट्री सञ्चालनमा रहेकाले कृषकहरुले जति उत्पादन गरेका दुधको खपत स्थानिय स्तरमा नै हुने भएकाले हाल धेरै भन्दा धेरै कृषकहरु पशुपालन व्यवसाय तर्फ जागरुक भएको पाइएको छ ।
यस ठाउँको पर्यटकीय स्थालको रुपमा समुन्द्रि सतह देखि २२०० मि. उचाइमा रहेको जरिवुटे डाँडा र वेहुली ढुंगा, १५० फि. उचाइबाट झर्ने यावराङ झरना, लिलिया झरना, करीव १२०० रोपनी क्षेत्रफलमा रहेको सेञ्चेलेङमा चिया वगान, स्वर्गपुरी मन्दिर, ओधाने ढुंगा, महागुरु फाल्गुनन्द सालिग, ज्योति नन्द गुफा स्थान श्री शिव ज्योति सिद्ध धाम हुन् ।
यहाँको सरकारी तथा गैरसरकारी संस्थाहरु निम्न बमोजिम छन् । इलाका प्रहरी कार्यालय, इलाका वन कार्यालय, इलाका हुलाक, प्राथमिक स्वास्थ्य केन्द्र, नमुना कृषि सेवा केन्द्र , पशु सेवा केन्द्र , इलाका प्रशाशन , गाउँ विकास समितीको कार्यालय, निर्धन उत्थान वैंक , जरिवुटे व.सहकारी सं. लि., सहारा वचत तथा ऋण सहकारी लि., जिवन विकास सं. , फरवार्ड सं., उज्यालो दुग्ध संकलन सहकारी , पारुहाङ वचत तथा ऋण सहकारी, रवि किरण महिला कृषि सहकारी स. लि. राइजिङ स्टार क्लव, नमुना युवा क्लव, कराँते संघ, पारुहाङ युवा संघ रहेका छन् ।
रविको शैक्षिक संस्थानहरु १ क्याम्पस ,१ उच्च मा.वि., २ वटा नि.मा. वि. , ३ वटा प्रा.वि. र २ वटा नीजि मा.वि., १ नीजि प्रा.वि छन् ।
रबि गा.बि.स.मा खुल्ला दिसा मुक्त क्षेत्र,पुर्ण खोप ,पुर्ण साक्षारता,र धुवा रहित चुलो,कार्याक्रम हरु सम्पन्न भईसकेको ५ ।

Skip to toolbar