अमरपूर गा.बि.स

अमरपुर गा.वि.सको चिनारी

पूर्वाञ्चल विकासक्षेत्रको मेचि अञ्चल पाँचथर जिल्ला सदरमुकाम फिदिम बाट करिब ४७ कि.मि उत्तरमा रहेको अमरपुर गाविस साविक दोरुम्बा र आङबुङ गाविस मिलेर बनेको गाविस हो । यसको पूर्वमा नागी गाविसको केहिभाग र पञ्चमी गाविसको  केहिभाग पर्दछ पश्चिममा कावेलि खोला र उत्तरमा नागी र दक्षीणमा पञ्चमी गाविस पर्दछ । समुद्रि सतहबाट ६५० मि देखि १७०२ मिटर उचाई सम्म फैलिएको छ । विषेश गरेर यस गाविसमा राई लिम्बु, तामाङ,क्षेत्री, बाहुन र दलित जातीहरुको बसोबास पाईन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार १२९९ घरधुरी र ६८५६ जनसंख्या रहेको छ । यस गाविसमा अमरपुरडाँडा बजार, भालुचोक बजार, सिहंपुर बजार र कावेलि बजार यस गाविसका आकर्षक व्यारिक केन्द्रको रुपमा लिन सकिन्छ  ।

अमरपुर गा वि स कार्यलय भवन

amarpur

बालमैत्री अभियान

“बिकास र पद्धतिको आधार भरपुर बालमैत्री बनाउ हाम्रो अमरपुर”
भन्ने मुल नाराका साथ २०६८ साल देखि यस अमरपुर गाविसले बालमैत्री स्थानीय शासन पद्धति अबलम्बन गरेको छ । यहाका हरेक क्रिर्याकलापबाल मैत्री छन् वार्ड वार्डमा बालक्लब गठन भएका छन गाउँबाल सञ्जार गठन भएको छ, बालमैत्री रणनितिक योजना बनाई बाल आचरसहिंता लागु गरिएको छ, सबै बालबालिका बालविकास केन्द्र र बिद्यालयमा भर्ना भएका छन् । विद्यालयको पहुंच भन्दा बाहिर कोहि पनी बालबालिका नरहेको अबस्था छ, बालश्रम र बालविवाह न्यूनिकरण तर्फ सबैको प्रतिबद्धता आएको छ । वार्ड परिषद र गाउँ परिषदबाट बालमैत्री योजना तथा कार्यक्रम छनोट गरि अनुमोदन गराई पास गरिएको छ । बालमैत्री योजना तथा कार्यक्रम बालभेला मार्फत बालबालिका आफैले योजना तथा कार्यक्रम छनौट गर्ने गरिएको छ । कुल पूजिंगत रकमको १५ प्रतिशतले हुने आउने रकम बालमैत्री योजना तथा कार्यक्रममै खर्च गरिएको छ ।

Skip to toolbar