रानीगाउँ गा.वि.स.

रानीगाउँ गाउँ विकास समितीको चिनारी

पुर्वाञ्चल विकासक्षेत्रको मेची अञ्चल पाँचथर जिल्ला सदरमुकाम फिदिम देखि २२ किमी को दुरीमा पश्चिम दक्षिण दिशातर्फ रहेको गा वि स हो । यस गाविसको पुर्वमा नवमीडाँडा गाविस,पश्चिममा स्यावरूम्बा गाविस,उतरमा तेह्रथुम जिल्लाको सिमाना र दक्षिणमा यासोक गाविस रहेको छ ।

विशेषगरी यस गाविसमा लिम्बु जातिको बाहुल्यता रहेको छ साथै बाहुन,क्षेत्री,तामाङ,दलित जातिहरूको पनि बसोबास रहेको पाइन्छ ।

वि.स. २०६८ को जनगणना अनुसार यस गाविसमा जम्मा १०१४ घरधुरी र ४९८७ जनसंख्या  (महिला २३२२ र पुरूष २६६५) रहेको छ ।

यो गाविस सुन्तला,अदुवा,कागती,अम्लिसो,अकबरे जस्ता कृषि क्षेत्रको पकेट एरिया भएपनि खानेपानी तथा सिचाइको मुख्य समस्याले गर्दा कम कृषि उत्पादन र बर्षेनी करिब ८५ घर,१८० जनाको दरले बसाइसराइ जाने क्रम रहेको छ ।

यस गाविसको सांस्कृतिक पर्यटकीय स्थलको रूपमा एतिहासिक देवल मन्दिर रानीगाउँ ९ र रानीगाउँ ८ इवाटारमा चो:लुङ हिम अवस्थित छ । यी पर्यटक स्थलहरूको स्थापना क्रमश: वि.सं. १९८८ र वि.सं. २०७३ मा निर्माण भएको देखिन्छ । यी दुवै मन्दिर लिम्बु समुदायको अIस्थाको केन्द्रको रूपमा रहेको छ ।

रानीगाउँ गाविसको कार्यालय भवन

Untitled

चोःलुङ हिम मन्दिर

15994687_1753276424993723_3467799511660024961_o

एतिहासिक देवल मन्दिर

IMG_20170125_130823

Skip to toolbar