सराङडाँडा गा.वि.स.

 सराङडाँडाको संक्षिप्त परिचय
सराङडाँडा गाविस पाँचथर जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत सरदमुकामवाट दक्षिणी क्षेत्रमा अवस्थित रहेकोछ । राँके रवि छ नम्वर बुधवारे सडकले जोडिएको यो गाविस जिल्ला सदरमुकाम फिदिमबाट १२ कोषको दूरीमा पर्दछ । यस गाविसको पूर्वमा फाक्तेप गाविस, पश्चिममा वलने गाविस, उत्तरमा माङजाबुङ र आङसराङ गाविसहरु र दक्षिणमा आरुवोटे र रवि गाविसहरु पर्दछन् । यस गाविसको नामाकरणको सम्वन्धमा ठोस प्रमाण नभएतापनि प्राचिन किम्वदन्ती अनुसार सराङडाँडा गाविस क्षेत्रमा लिम्बू जातीहरु शिकार खेल्ने गर्दथे यसरी शिकार गरेपछी उक्त शिकार डाँडामा ल्याई अगेनो माथी भारमा सुकाउने गरिन्थ्यो जुन भारलाई लिम्बु भाषामा सारङ्गा भनिने हुंदा उक्त नाम पछी गएर अपभ्रम्स भई सराङ हुंदै सराङडाँडा रहन गएको पाइन्छ ।
३४.४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सराङडाँडा गाउँ विकास समितिमा वि.सं. २०७३ मा जनसंख्यामा १८ वर्ष मुनिका २४९७ जना बालबालिका रहेका छन् जसमा बालिका ११७५ जना र वालक १२२२ जना रहेकाछन । कुल जनसंख्यामा बालबालिकाको हिसा ३९.३८ प्रतिशत रहेको छ । यस गाविसमा लिम्बू, राई, क्षेत्री, मगर, सुनुवार, तामाङ, दलित, जनजाती लगायत अन्य समुदायको मिश्रित बस्ती रहेको छ । सराङडाँडा गाविसमा १७ वटा विद्यालय, ११ वटा वालविकास केन्द्र, १ स्वास्थ्य चौकी, १ अतिरिक्त हुलाक, ६ सहकारी संस्था रहेका छन ।
सराङडाँडा गाविस भवनवाट उत्तरतर्फ २ घण्टाको दुरीमा सिहोनाम्लाङ लिम्बू तथा राई जातीको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र रहेको छ । लिम्बू भाषा अनुसार सिहोनाम्लाङ भन्नाले सुर्यको पहिलो किरण पर्ने ठाउं हो यसर्थ यो गाविस सूर्योदय दृश्यावलोकनका दृष्टीले समेत महत्वपूर्ण रहेको छ । यो स्थानमा उधौली र उभौंलीको समयमा प्रकृतीको पुजा गरिन्छ जुन लिम्बू तथा राई जातीहरुसंग सम्वन्धित चाडहरु हुन । चारैतिर वनजंगलले घेरिएको यो स्थानमा कटुस, चांप, बान्टे, काफल जस्ता रुख विरुवाहरु पाइन्छन । यस स्थानलाई धार्मिक तथा पर्यटकिय दृष्टिकोणले पनि हेर्न सकिन्छ । अर्को ऐतिहासिक महत्व र विशेषताको रुपमा रहेको फुङसेन भन्ने स्थानमा चण्डी पुर्णिमाको अवसरमा फुङसेन मेला लाग्ने गरेको छ । समुन्द्र सतहवाट २२७२ मीटर उचाइमा अवस्थित सराङडाँडा गाविसको वडानं. ३ मा रहेको राँकेरवि मोटर बाटोको समिपमा भएकाले उक्त समयमा धेरै टाढावाट भक्तजनहरु आएर सिंहदेवीको पुजाअर्चना गर्नुका साथै फुङसेन मेला भर्ने गर्दछन । लिम्बू भाषामा फुङसेन भन्नाले फूलको बासना भन्ने अर्थ लाग्दछ ।

sarangdada_finall

सराङडाँडा -८ स्थित सप्तमी बजारः

91461076

बालमैत्री स्थानीय शासन अबलम्वन
सराङडाँडामा २०५९ सालवाट युनिसेफ नेपालको सहयोग एवं संघसंस्थाको सहकार्यमा महिला तथा बालबालिकाका लागि विकेन्द्रिकृत कार्यक्रम (डकाव) शुरु भएको थियो । डकाव कार्यक्रमले बालबालिकाहरुको स्वास्थ्य र विद्यालय जान नपाएका बालबालिकालाई लक्षित गरी अनौपचारिक बालशिक्षा, बालविकास केन्द्र संचालनका लागि अभिभावक शिक्षा, बालिका शिक्षालाई केन्द्रित गरी लैङ्गिक विभेद विरुद्ध अभियान संचालन गर्दै आएको थियो ।

महिला तथा बालबालिकाका लागि विकेन्द्रिकृ्रत कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई आफ्नो अधिकारको बारेमा आवाज उठाउन सक्षम बनाउनुका साथै बालअधिकारको संरक्षणमा सहजिकरणको लागि अभिभावक र बालबालिकालाई समेत बालअधिकारका विषयमा सचेतना कार्यक्रमहरु संचालन आएका हुन । २०६७ साल माघ ४ र ५ गते युनिसेफ नेपालको सहकार्यमा जिल्ला विकास समिति पाँचथरको सहयोगमा सराङडाँडा गाविसमा बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यविधिमा उल्लेख गरिएका बाल वचावट, बाल संरक्षण, बाल विकास र बालबालिकाको अर्थपूर्ण सहभागिता हुन पाउने अधिकार सुनिश्चितताको लागि आवश्यक सेवा प्रवाहको २७ र संस्थागत १२ सूचकहरुको वारेमा गाविसमा रहेका राजनीतिको दल, विद्यार्थी, विद्यालय शिक्षकहरु साथै गाविसमा प्रमुख व्यक्तिहरुको उपस्थितिमा अभिमूखिकरण संचालन गरियो । सोही समयमा सवै सरोकारवालाहरुले यस गाविसमा बालमैत्री स्थानीय शासन पद्धति अबलम्वन गर्ने प्रतिबद्धता गरियो ।

 

बालमैत्री स्थानीय शासन गा.वि.स.घोषणा निर्माणका लागि अवसर र सम्भावनाहरु
पद्धति र व्यवहार परिवर्तन हाम्रो अभिभारा ! बालमैत्री गाउँ वनाउँ हाम्रो सराङडाडा !! दुरदृष्टी बोकेको सराङडाँडा गाविसमा रहेका विद्यालय, घरपरिवार, सार्वजनिक सरोकारका स्थल, कार्यालय तथा संघ संस्थाहरुलाई बालमैत्री बनाउने, गरिबी न्यूनीकरण अभियान मार्फत सम्पूर्ण गाविसवासीहरुको आवश्यकताहरुको निरन्तर आपूर्ति गरी जीवनस्तरमा गुणात्मक सुधार ल्याउने, प्राकृतिक र मानव निर्मित वातावरण बीचको सन्तुलन कायम गर्दै सबै प्रकारका मानवीय गतिविधिको लागि स्वच्छ एवं बालमैत्री भौतिक वातावरणको सिर्जना गरी दिगो विकासतर्फ उन्मुख हुने, बाल बचावट, बाल संरक्षण, बाल विकास र बालसहभागिता जस्ता आधारभूत अधिकारहरुको संरक्षण र संवद्र्धन गर्ने लक्ष्य निर्धारण गरेको छ ।

बालमैत्री विचार र दृष्टिकोण बमोजिम बालमैत्री गा.वि.स. सराङडाँडा, अवधारणा पत्र तथा बालबालिकाहरुको बस्तुगत विवरण–२०६९ प्रकाशित गरी बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि २०६८ को परिषदले निर्णयको अनुमोदन गरी बालबालिकाको क्षेत्रमा आफनो पूजीगत वजेटको १५ प्रतिशत लगाानी सहित औपचारिक रुपमा कामको शुरुवात भयो ।

बालअधिकार महासन्धिको अनुमोदनले बालबालिकाहरु प्रति राज्यलाई जवाफदेहि बनाएको र यस प्रति लक्षित भई नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यविधि –२०६८ तयार हुनु आफैमा एउटा अवसरको रुपमा रहेको छ । बालअधिकारको विषयलाई स्थानीय निकायको समग्र कार्यपद्धति र प्रणालीमा सुधार गर्न बालमैत्री स्थानीय शासन अवलम्बनलाई लक्ष्यका साथ अगाडी बढाईएको हो ।

बालबालिकाको क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजनका लागि बालभेला मार्फत आएका माग र बाल अधिकारका ४ क्षेत्रहरुलाई आधार मानि बजेट लगानी गर्दै आएको सन्दर्भमा सराङडाँडा गाउँ विकास समितिले प्रतिफलहरु प्राप्त गरिसकेको छ । जसलाई बालमैत्री स्थानीय शासन सराङडाँडाका लागि अवसर र सम्भावनाको रुपमा लिन सकिन्छ ।

बालमैत्री गा.वि.स घोषणा गर्ने क्रममा केन्द्रिय तहको अनुगमन टोली संगको सर्बपक्षीय अन्तरक्रिर्या कार्यक्रमका सहभागीहरूः

IMG_0918

 

Skip to toolbar